नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेका जनविरोधी निर्णय उल्ट्याउनुपर्ने बताएकी छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा झाँक्रीले वर्तमान सरकार सामु संविधानलाई ट्रयाकमा राख्न मात्र नभई पूर्ववर्ती सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्ने दायित्व रहेको बताएकी हुन् ।
‘सर्वोच्च अदालतको फैसला र हाम्रो संघर्षले प्रतिनिधि सभा पुनःस्थापना भएको छ र वैकल्पिक सरकार गठन भएको छ । सरकारले संविधानलाई ट्रयाकमा राख्ने मात्र होइन पूर्ववर्ती सरकारले गरेका जनविरोधी ...