कुर्था–जयनगर रेल दिनमा तीनपटक चल्ने

जनकपुरधाम । कुर्था–जयनगर रुटमा दैनिक तीनपटक रेल आउजाउ हुने भएको छ । हालको दैनिक दुईपटकको आउजाउले नपुगेपछि यात्रुबाट तीनपटकको माग बढेको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले बताए । नेपाल रेल्वेले सार्वजनिक यातायातभन्दा सस्तोमा यात्रीलाई सेवा दिइरहेकाले पनि यात्रुको माग बढेको उनको भनाइ छ । यात्रीको सुविधालाई ध्यानमा राखी कम्पनीले ३ पटक आउनेजाने गरी रेल सेवा थप गर्न लागेको पनि झाले जानकारी दिए । रेलमा यात्रीको चाप उत्साहजनक रहेको उनले बताए । झाका अनुसार हप्ताको ३ दिन शनिवार, आइतवार र बुधवार रेलमा बढी भीडभाड हुन्छ । नेपाल रेल्वेले गत आर्थिक वर्षमा दैनिक औसत २ लाख १० हजार रुपैयाँ आम्दानी गरेको पनि उनले जानकारी दिए । रेलको सञ्चालन खर्च दैनिक कमाइले धानिरहेको छ । शनिवार नेपालमा र आइतवार भारतमा बिदा तथा बुधवार जयनगरमा बजार लाग्ने हुँदा ती दिनमा यात्रीको भीड धेरै हुने गरेको उनको भनाइ छ । प्रबन्ध सञ्चालक झाका अनुसार बर्दिवासदेखि जयनगरसम्म ७० किलोमीटर रेल लाइन निर्माणका लागि भारत सरकारको अनुदानमा काम भइरहेको छ । हाल कुर्थादेखि जयनगरसम्म रेल सेवा सञ्चालनमा छ । कुर्था र जयनगरको दूरी ३५ किलोमीटर छ । कुर्थादेखि बिजलपुरसम्म रेल सञ्चालनका लागि पावर सप्लाईको काम छिट्टै सम्पन्न गर्न आफूहरू लागिपरेको उनले बताए । नेपाल रेल्वेमा दैनिक ज्यालादारीमा ११० जना कर्मचारीले काम गरिरहेका छन् । व्यवसायीले उक्त रेलबाट माल ढुवानीको व्यवस्था गर्न आग्रह गरिरहे पनि यात्री बोक्ने रेलमा मालवाहकको डिब्बा थप गर्न नसकिने झा बताउँछन् । उद्योग वाणिज्य संघहरू र नेपाल रेल्वेले माल ढुवानी समस्याबारे एकपटक छलफल गरिसकेको झाको भनाइ छ । व्यापारीको माग र आवश्यकताअनुसार भारत सरकारसँग समन्वय गरी जयनगरदेखि जनकपुरसम्म भारतीय मालवाहक रेल सञ्चालन गर्न सकिने उनले बताए ।

सम्बन्धित सामग्री

कुर्था–जयनगर रेल सेवा : यात्रुको चाप उच्च

जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन । दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको […]

कुर्था–जयनगर रेल र सोलु करिडोरको संयुक्त उद्घाटन

नेपाल र भारतबीच कुर्था–जयनगर यात्रुवाहक रेल सेवा आइतबारदेखि नियमित सञ्चालन हुने भएको छ भने अबदेखि नेपालमा भारतको ‘रूपे डिजिटल कार्ड’ प्रचलनमा आउने भएको छ ।

कुर्था-जयनगर रेल सेवाको आज उद्घाटन हुँदै

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएपछि आज उद्घाटन गरिने भएको छ । आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी रेल सेवाको उद्घाटन गरिने भएको हो । शनिबार रेलगाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाक

शनिवार देउवा र मोदीले संयुक्त रुपमा कुर्था-जयनगर रेल उद्घाटन गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार भारत जाँदैछन्। तीनदिने भ्रमणका क्रमका नयाँ दिल्लीबाटै उनले भर्चुअल माध्यमबाट कुर्था-जयनगर रेल उद्घाटन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्तरुपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भएको हो। रेल्वे अध्यादेश जारी भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा…

कुर्था-जयनगर रेल महिनाको १५ दिन मात्र चल्ने

जनकपुरधाम : एक महिनादेखि ‘ड्रायरन’ गरिरहेको जनकपुर–जयनगर रेल अब महिनाको १५ दिन मात्र चल्ने भएको छ। खर्च थेक्न नसकेकाले एक दिन बिराएर रेल सञ्चालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार बुधबारसम्म १० लाख ५० हजार रूपैयाँ खर्च भएको र ३ हजार ३८० लिटर डिजल खपत भएको महाप्रबन्धक झाले जानकारी दिए।  गत फागुन १ देखि दिनमा एकपटक यात्रुविना जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल ड्रायरन (तयारीको लागि सञ्चालन) भइरहेको छ। तर‚ नियमि

बिनायात्रु कुर्था–जयनगर रेल सञ्चालन

जनकपुरधाम– नेपाल सरकारले खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । कुर्था–जयनगर रेल सेवा ड्राई रन अर्थात् यात्रुबिना दैनिक एक पटक नियमित रूपमा सञ्चालन गरिने गरी आइतबारबाट सञ्चालनमा आएको हो । भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डीजीएम इनायत हुसेनको नेतृत्वको टोलीमा रहेका रेल चालक देवनारायण राय धनुषाको ईनवाबाट रेल […]

आइतबारदेखि कुर्था-जयनगर रेल कुदाइँदै

निरञ्जनकुमार साहजनकपुरधाम : आइतबारदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म ड्राइ रन (खाली) सञ्चालन गरिने भएको छ। फागुन १ गतेदेखि दैनिक एकपटक कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म ड्राइ रन रेल सञ्चालन गरिने नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए।निर्देशक झाका अनुसार  सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि ड्राइ रन (खाली) रेल चलाइने जानकारी दिए।'रेल सञ्चालन भए पनि त्यसमा यात्रु बोकिँदैन। नेपाल रेल्वे  खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक,

कुर्था-जयनगर रेल : तालिमप्राप्त १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना

जनकपुरधाम । सञ्चालनकाे तयारीमा रहेकाे कुर्था–जयनगर रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा भएकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको हो । महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम […] The post कुर्था-जयनगर रेल : तालिमप्राप्त १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

धनुषा - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको सफल परीक्षण गरिएको छ ।   भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला हिजाे लामो समयसम्म थन्किएको रेलको परीक्षण गरिएको हो । भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट २०७७ साल असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ । पार्किङ गरी राखिएका रेलको आज परीक्षण गरिएक...

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला आज लामो समयसम्म थन्किएको सो रेलको परीक्षण गरिएको हो।...