हाइड्रोपावरमा पनि मर्जर, रिडी र रैराङ एकआपसमा गाभिने

२२ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा जस्तै जलविद्युत कम्पनीहरुमा पनि मर्जर शुरु भएको छ । रिडी हाइड्रो पावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । रैराङ हाइड्रोपावरसँग मर्जर सम्झौता समेत भइसकेको रिडीका कर्पोरेट प्रवन्धक सन्तोष अधिकारीले जानकारी गराएका छन् । अधिकारीले नेपाल स्टक एक्सचेञ्मा गरेको पत्राचार अनुसार दुई कम्पनीहरुबीच मर्जरका लागि […]

सम्बन्धित सामग्री

रिडी हाइड्रो र रैराङ हाइड्रोको मर्जर प्रक्रिया सकियो, एकिकृत कारोबार सुरु

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले मर्जर पश्चात एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर पश्चात रिडी पावर लिमिटेडबाट एकिकृत कारोबार सुरु भएको हो।गत असार ३१ गतेबाट रिडी पावर लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको कम्पनीले जनाएको छ।  दुवै कम्पनीको असार १७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । विद्युत नियमन आयोग र कम्पनी रजिष्ट्रार कार्यालयले असार ३० गते अन्तिम स्वीकृति प्रदान गरेपछि असार ३१ गते बाट एकिकृत कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथलीमा रहेको छ । रिडी हाइड्रोले  रैराङ हाइड्रोलाई गाभेर रिडी हाइड्रो बनेको हो । १००: ९३ को स्वापमा मर्ज भएका हुन्। अर्थात् हाल १०० कित्ता शेयर हुने रैराङ हाइड्रोका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको ९३ कित्ता शेयर पाउने छन् । बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो।

रिडी र रैराङ हाइड्रोको मर्जरको लागि ९३ रुपैयाँको स्वाप तय

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएका छन् । दुवै कम्पनीले असार १७ गते शुक्रबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।दुवै कम्पनीले आफ्नो कर्पोरेट कार्यालय थापाथलीमा सभा आह्वान गरेका हुन् । रैराङको सभा ११ बजे डाकिएको छ भने रिडीको १:३० मा डाकिएको छ । दुवै कम्पनीको विशेष साधारणसभामा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पेश हुने छ । रिडी हाइड्रोले  रैराङ हाइड्रोलाई गाभ्न लागेको हो । १००: ९३ को स्वापमा मर्जर हुन लागेको हो । अर्थात् हाल १०० कित्ता शेयर हुने रैराङ हाइड्रोका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको९३ कित्ता शेयर पाउने छन् ।बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो।

मर्जर प्रस्ताव पारित गर्न रिडी र रैराङ हाइड्रोपावरले बोलाए विशेष साधारणसभा

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएका छन् । दुवै कम्पनीले असार १७ गते शुक्रबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।दुवै कम्पनीको विशेष साधारणसभामा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पेश हुने छ । रिडी हाइड्रोले  रैराङ हाइड्रोलाई गाभ्न लागेको हो । बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो।

जलविद्युत् कम्पनी पनि मर्जरमा, रिडी र रैराङ हाइड्रोपावर गाभिने

२९ वैशाख, काठमाडौं ।बैंक र बीमा कम्पनीबीच मर्जर भइरहेका बेला जलविद्युत् कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले एक आपसमा गाभिन स्वीकृति पाएका छन्। विद्युत नियमन आयोगले दुई कम्पनीलाई संयुक्त कारोबार गर्न स्वीकृति दिएको हो। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमा पहिलो पटक यी दुई हाइड्रोपावरले मर्जरमा जाने सम्झौता गरेका […]