काठमाडौं : विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, संकलित राजस्व रकम पूरा बैंकमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो। अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई अदालतले दोषी ठहर गरेको छ। अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मंगलबार कसुर ठहर गरेको हो। कसुरदारहरूको सज