पोखरा मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौं : एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका छन्। सांसद थापाले सोमबार संसद सचिवालय पुगेर सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका हुन्।यसअघि बसेको एमाले सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो। तर चर्को विरोधपछि पौडेलको टिकट खोसेर थापालाई दिएको थियो।  

सम्बन्धित सामग्री

प्रदेश सांसदबाट राजीनामा दिने तयारीमा कृष्ण थापा

पोखरा महानगरपालिकाको मेयरको टिकट पाएपछि गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले राजीनामा दिने तयारी गरेका छन् ।