तेह्रथुम र संखुवासभाको संगम स्थलमा रहेकाे पाथिभरामा पर्यटकको वृद्धि

तेह्रथुम । तेह्रथुम र संखुवासभाको संगम स्थलमा रहेको पाथिभरा मन्दिरमा तीर्थालुसँगै आन्तरिक पर्यटकहरूको आवागमन बढ्न थालेको छ । पर्यटक र तीर्थालु वर्षभरी आउने गरेपनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको हो । गुराँसको राजधानीसँगै रहेको यो मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । पूर्वका विभिन्न जिल्लाहरुको […]

सम्बन्धित सामग्री

तेह्रथुम पावर कम्पनीको नाफा ६०.३३ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० दशमलव ३३ प्रतिशत वृद्धि भएको छ ।   कम्पनीले गत आवमा रू. १ करोड ६६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड ६६ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा २१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा विद्युत विक्रीबापत रू. ५ करोड ७६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ७ करोड पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा भने रू. ११ करोड ८८ लाख ऋणात्मक छ । सो अवधिमा कम्पनीको खुद नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६१ पैसा रहेकोमा चालू आवमा बढेर २७ रुपैयाँ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १२ गुणा र प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ रहेको छ ।    रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि

काठमाडौँ- नेप्सेमा मंगलबार प्रि ओपनिङमा झिनो अङ्कको वृद्धि देखिएको छ । दुई कम्पनी कारोबारमा आएका छन् । जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ । बलेफी हाइड्रोपावरको सेयर मूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो । मंगलबार नेप्से ०.१९ अङ्कले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा […]

प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि

काठमाडौँ – नेप्सेमा मंगलबार प्रि ओपनिङमा झिनो अंकको वृद्धि देखिएको छ । दुई कम्पनी कारोबारमा आएका छन् । जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ । बलेफी हाइड्रोपावरको सेयरमूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो । मंगलबार नेप्से ०‍‍.१९ अंकले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा […]

पहिलो त्रैमासमा तेह्रथुम पावरले कमायो १ करोड १८ लाखभन्दा बढी नाफा

मंसिर १७, काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. १ करोड १८ लाख ७५ हजार नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ८६ लाख ७० हजार नोक्सानीमा थियो । चालू आवको पहिलो त्रैमासमा विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले कम्पनीको नाफामा सुधार आएको हो ।  गत आवको पहिलो त्रैमासमा विद्युत् विक्री बापत रू. २ करोड ३० लाख ९ हजार आम्दानी गरेको उक्त कम्पनीको चालू आवको सोही अवधिमा वृद्धि भएर रू.४ करोड ७६ लाख ६६ हजार पुगेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रू. ८ करोड ४५ लाख ऋणात्मक रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २८ करोडबाट रू. ४० करोड पुगेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१२(वार्षिकीकरण) रहेको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले हाल तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाटको अपर खोरुङ स्मल  हाइडोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

तेह्रथुम पावर कम्पनीको नाफा १०७.१६ प्रतिशतले बढ्यो

तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ ।  गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट हुने आम्दानीमा अधिकतम १०७.१६ प्रतिशले वृद्धि गरेको छ । यसैले पनि कम्पनीको नाफामा आकर्षक सुधार आएको हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट कुल २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो भने यो वर्षको

अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १५ मिनेट अवधिदेखि अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ६४१ दशमलव ३० र तेह्रथुम पावरको शेयरमूल्य रू.५३१ दशमलव ६० पुगेको छ ।

नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको १५ मिनेटको अवधिमा  नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । तेह्रथुमको शेयरमूल्य प्रतिकित्ता रू. ४८३ दशमलव ३० र नेपाल हाइड्रो डेभलोपर्सको रू. ५७५ दशमलव ३० पुगेको छ ।

तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतवार कारोबारको शुरूवाती समयमै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ पुगेको छ ।  यस्तै मानुषी लुघवित्त वित्तीय संस्थाको शेयर मूल्य ९२.८० रुपैयाँ बढ्दै (९.९९प्रतिशत) बढेर १ हजार २१.५० रुपैयाँ पुगेको छ ।

तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक २५, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको आधा घण्टा अवधिमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९९ दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग ८९ हजार ५३९ कित्ता छ भने विक्री माग शून्य रहेको छ ।