मन्त्रिपरिषद् विस्तारको विषयमा देउवा र प्रचण्डबीच छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने विषयलाई लिएर प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। देउवा सरकार गठन भएको दुई साता बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। सत्तारूढ गठबन्धनको आन्तरिक समस्याको कारणले मन्त्रीपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जनता समाजवादी प

सम्बन्धित सामग्री

सत्ता गठबन्धनद्वारा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको बताइएकाे छ । स्राेतका अुनसार भागबन्डाबारे भने छलफल भएको छैन। ‘समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । […]

भागबण्डामै अड्कियो कर्णालीमा मन्त्रिपरिषद् विस्तार

कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको आठ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका शाहीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रदेशका सबै मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्दै आएका छन् ।सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका बीचमा मन्त्री छनोट र मन्त्रालय भागबण्डाको विषयमा छलफल नै हुन सकेको छैन । जसले गर्दा सरकारको कार्यसम्पादन प्रभावित भएको

जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल

काठमाडाैं ।  सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । “बैठकमा मन्त्रिपरिषद् विस्तार, सदन सञ्चालन, सदनमा पेश भएका विभिन्न विधेयकका बारेमा छलफल भयो”, उनले भने  […] The post जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रधानमन्त्रीको रणनीतिः पहिले मन्त्रिपरिषद् विस्तार, त्यसपछि एमसीसीबारे निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ । एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका हुन् । […] The post प्रधानमन्त्रीको रणनीतिः पहिले मन्त्रिपरिषद् विस्तार, त्यसपछि एमसीसीबारे निर्णय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बताइन् । उनका अनुसार बैठकमा एमालेले संसद अवरुद्ध पारेपछिको अवस्थाबारे पनि समीक्षा भएको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहा

मन्त्रिपरिषद् विस्तार एक साता पछि मात्रै

काठमाडौं । अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका हुन् । मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताएका हुन् । सत्तारुढ गठबन्धन […] The post मन्त्रिपरिषद् विस्तार एक साता पछि मात्रै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले लछुमन  तिवारीलाई पर्यटन, उद्योग पर्यटन  र बलबहादुर साम्सुहाङलाई  सामाजिक विकास मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ । एमाले सांसद राजकुमार ओझाले आज तीन जना मन्त्री बनाउने विषयमा छलफल भएपनि दुई जनाको नाम टुंगो लगाएर शपथ भएको बताए । एमाले विभाजित भएपछिको विकसित परिस्थितिका कारण बिहीबार आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

मन्त्रिपरिषद् विस्तार नहुँदा प्रतिस्थापन विधेयकमा ढिलाइ

नयाँ सरकार बनेको २० दिन पूरा हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रतिस्थापन विधेयक आउन ढिलाइ भएको छ । दोस्रो पटक प्रतिनिधिसभा पुनस्र्थापनापछिको संसद्को पहिलो बैठकमै सरकारले आर्थिक अध्यादेश पेश गरे पनि अहिलेसम्म त्यस विषयमा कुनै छलफल अघि बढेको छैन ।यसैबिच, सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । […]

देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बिहीवार बिहान बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ । कांग्रेस र माओवादीबाट मन्त्री थप्ने र जसपालाई पनि सहभागी गराउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी छ । प्रधानमन्त्री नियुक्त भएको दुई साताभन्दा लामो समय भएपनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । यसबीचमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्...

दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनको निर्णय

मन्त्रिपरिषद्ले दुई दिनभित्र पूर्णता पाउने भएको छ ।  बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकले दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।  ‘तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भयो,’ नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ यस्तै बैठकमा न्यूनतम साझा कार्यक्रम कुन खालको बनाउने, कुन मोडालिटीको बनाउने भन्ने विषयमा पनि छलफल भएको उनले बताए । उनका अनुसार गठबन्धनका शीर्ष नेताहरू बैठक बसेर नीतिगत ढंगले मन्त्रि...