प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले लछुमन  तिवारीलाई पर्यटन, उद्योग पर्यटन  र बलबहादुर साम्सुहाङलाई  सामाजिक विकास मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ । एमाले सांसद राजकुमार ओझाले आज तीन जना मन्त्री बनाउने विषयमा छलफल भएपनि दुई जनाको नाम टुंगो लगाएर शपथ भएको बताए । एमाले विभाजित भएपछिको विकसित परिस्थितिका कारण बिहीबार आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।