यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने यातायात व्यवसायी महासङ्घको विश्वास

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ । महासङ्घले आज नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तिहाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान हुने विश्वास लिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा गएको यातायात व्यवसायीको टोलीले नवनियुक्त मन्त्रीको कार्यकालमा समग्र […]

सम्बन्धित सामग्री

ट्रक व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उदघाटन गर्दै मन्त्री दाहालले सो कुरा बताउनुभयो ।

यातायातमन्त्री दाहालले जनाए ट्रक व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता

ललितपुर (बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्...

‘ट्रक व्यवसायीले भोग्दै आएको पार्किङको समस्या समाधान गर्न मन्त्रालय प्रतिवद्ध छ’

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारणसभा तथा ७ औं महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्किङलगायतका समस्या समाधान गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो […]

यातायात विकास प्राधिकरण बनाउन जरुरी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन् ।बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताएका हुन् […]

यातायात विकास प्राधिकरण बनाउन ठाेस प्रस्ताव लैजान्छु : प्रचण्ड

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन्।बिहीवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रित गर्न सकिने भन्दै उनले अब प्राधिकरण बनाउन लागि पर्ने बत

सवारी साधनमा २० वर्षे मापदण्डप्रति व्यवसायीको असन्तुष्टि

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् ।अध्यक्ष स्वाँर सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्न सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताए । उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भ्यान्टिलेटरमा रहेको यातायात […]

सार्वजनिक यातायातको समस्या समाधान गर्न यातायात प्राधिकरण आवश्यक : अध्यक्ष स्वाँर

वैशाख १, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् । अध्यक्ष स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्न आवश्यक रहेको बताए ।  उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भेन्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए । बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको बताए ।  १० अर्ब रुपैयाँको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदूर मिलेर पूँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाइ छ । नेपालमा खरीद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वाँरले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने पनि बताए । उनले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरेर सडकमा गुड्न सक्छ वा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । उनले नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ, त्यसको लागि यातायात व्यवसायी तयार रहेको पनि बताए । अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएकोले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने पनि बताए । उनले सार्वजनिक यातायातमा शतप्रतिशत लगानी निजी क्षेत्रको भए पनि सबैभन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गरे । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने पनि बताए ।  अध्यक्ष स्वारले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दूर्घटना,यातायात सिन्डिकेटलगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागू गर्न सरकारलाई आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेलाई ट्रक व्यवसायीको ७ दिने अल्टिमेटम

नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएको जनाएको छ । ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिइएको छ ।वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरे अनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै महासंघले ५