डोटी । सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजेतिर दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ श्रीखोलीशैनका रमेश विकका छोरा वर्ष १० का अमित विक नुहाउने क्रममा सेतीमा बगेर बेपत्ता भएका हुन् । बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
काठमाडौँ । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्रबैंकको ऐन विपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ । अभिवक्ताद्वय […]
विराटनगर । गृहमन्त्री रमेश लेखकले सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको बताएका छन्। एकीकृत भन्सार जाँच चौकी रानी, विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायको चनाखोपन आवश्यक रहेको उल्लेख गरे। गृहमन्त्री लेखकले सातवटै प्रदेशमा आपत्कालीन गोदामघर स्थापना भएको र यसले संघीयताको अभ्यासलाई बलियो बनाएको बताए। उनले पालिका […]