नेपालगन्ज, फागुन १४ गते । बाँके जिल्लामा यस वर्ष विगतको तुलनामा ८० प्रतिशत जति इँटा उत्पादन घट्ने भएको छ । गत मङ्सिरदेखि हालसम्म पनि पटकपटक हिउँदे वर्षा भइरहेकाले ठूलो परिमाणमा इँटा क्षति हुँदा उत्पादनमा ८० प्रतिशत कमी आउने इँटा व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।