काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला तीन […]
भोजपुर, ३० भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन् । केही वर्षअघिसम्म सामान्य घरायसी प्रयोजनका लागि मात्रै सीमित रहेको सुन्तलाखेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । गाउँका धेरै […]
हाम्रो प्राथमिकता क्षतिबापत हर्जाना असुल्नेभन्दा भविष्यमा यति ठूलो विपद आउनुअघि नै कसरी सूचना प्राप्त गर्ने, आन्तरिक अनुगमन र निगरानी प्रणाली कसरी बलियो बनाउने र समुदायलाई कसरी पूर्वसूचना दिने भन्नेमा केन्द्रित हुनुपर्छ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबारे अध्ययन तथा आवश्यक छानबिनका निम्ति संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
काठमाडौँ । न्याय परिषद्ले जिल्ला अदालतका १५ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। मंगलवार बसेको न्याय परिषद्को बैठकले विभिन्न जिल्ला अदालतमा कार्यरत १५ जना न्यायाधीशहरूलाई नयाँ जिम्मेवारी दिँदै सरुवा सिफारिस गर्ने निर्णय गरेको हो।
वरिष्ठ कार्डियोलोजिस्ट डा स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै पनि सम्भव छ भन्ने सन्देश आम नागरिकसम्म पुर्याउनु आवश्यक रहेको बताएकी छिन्।