ओलीलाई भेट्न बालकोट पुगे विप्लव र प्रकाण्ड

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्।भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ।

सम्बन्धित सामग्री

चीनमा के गर्दै छन् प्रकाण्ड ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन । गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्ताल

विप्लव, प्रकाण्ड, धर्मेन्द्रविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही नेता विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, उदयबहादुर चलाउनले लगायतलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पक्राउ पुर्जी […]

तीन बुँदे कार्यान्वयन नभए संघर्ष गर्छाैँ : प्रकाण्ड

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवत्ता खड्क बहादुर विश्वकर्मा  (प्रकाण्ड) ले सरकारले तीनबँुदे सहमति कार्यान्वयन नगरे पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी दैलेखले...

देउवा भेट्न बालुवाटार पुगे प्रकाण्ड

प्रधानमन्त्री शेरबहादुर देउवा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रकाण्ड आइतबार दिउँसो बालुवाटार पुगेका थिए । सो क्रममा प्रकाण्डले पक्राउ परेका आफ्नो नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेर विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याएको थियो । तर पक्राउ परेका नेता कार्यकर्ताको र...

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा विरोध प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको पार्टीले सोमवार काठमाडौंमा विरोध जुलुस र सभाको आयोजना गरेको हो ।  सभालाई सम्बोधन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी अनुमोदन गरिए त्यसविरुद्ध एकीकृत जनक्रान्ति गर्ने बताए । उनले अब संसदीय चुनाव नभई जनमत संग्रह गर्ने बताए । सभालाई विप्लव लगायत नेताहरूले सम्बोधन गर्दैछन् ।

एमसीसीले विकास होईन, देशमा विनाश हुन्छ : प्रकाण्ड (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले अमेरिकाले विगतको वर्चश्व कायम राख्छु भन्ने दुश्साहसको साथ एमसीसी नेपालमा ल्याउन खोजेको आरोप लगाए । उनले अमेरिकाको स्वार्थको कारण नेपालमा कहाँ खेल्न पाईन्छ ? भन्दै उनले प्रश्न गरे । […]

राष्ट्रियतामाथि हमला भइरहेको छ : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो । पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन÷चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको […]

एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

५ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, […]

विप्लव–प्रकाण्ड खासखुस

नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित विद्रोही पक्षका नेताहरु नेत्रविक्रम चन्द, खड्कवहादुर विश्वकर्मा प्रकाण्ड एकआपसमा भलाकुसारी गर्दै । तस्वीर, रासस