धार्मिकरूपमा जति पवित्र मानिन्छ सेती नदी,पछिल्लो समय त्यतिनै दुर्गन्धित बन्दै

विमल बहादुर विष्ट / सेती नदीलाई पवित्र मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहर […]

सम्बन्धित सामग्री

‘सुटुक्क’ बझाङ पुगेर फर्कियो भारतीयहरू सवार हेलिकप्टर

बझाङ : भारतीय नागरिक सवार हेलिकप्टर बझाङको थलारा गाउँपालिका–९ छालागडामा पुगेर फर्किएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रिएको आधा घन्टापछि फर्किएको थियो।स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन्। आफूहरूलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष मोहनराज जोशीले बताए। उन

तस्वीर : सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा काम गर्दै मजदूर

२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा काम गर्दै मजदूर । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भराभरीमा भिजन लुम्बिनी उर्जा कम्पनीले रू. पाँच अर्बको लगानीमा उक्त आयोजना निर्माण गरिरहेको छ ।  तस्वीर : रासस

सेती नदी जलविद्युत आयोजनाको अवलोकन

पोखरा- गाण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शनिबार सेती नदी जलविद्युत आयोजनाको अध्ययन तथा अवलोकन गरेका छन् । उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको रेसिडेण्ट इन्जिनियर रामराज कोइरालाले बताए ।माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको […]

बजारको फोहोरले दुर्गन्धित बन्दै सेती नदी

विमल विष्ट, डोटी ।  डोटी जिल्लाको पवित्र नदीका रूपमा रहेको सेती नदी दिनहुँ दुर्गन्धित तथा फोहोर बन्दै गएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहोर सीधै सेतीमा फालिने गरेकाले दुर्गन्धित बन्दै गएको हो । यहाँका व्यापारी तथा स्थानीयवासीले घरको ढल र प्लास्टिक जस्ता फोहोर सेती नदीमा फाल्ने गरेका कारण नदी […]

तस्वीर :  सेती नदी जलविद्युत् आयोजनाको निर्माणाधीन बाँधस्थल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवर्द्धित सो आयोजना रू. पाँच अर्बको लगानीमा बन्ने भएको हो । तस्वीर : रासस

वातावरणीय प्रभाव अध्ययनबिनै व्यवसायीको पोल्टामा पोखराका प्राकृतिक सम्पदा

‘सेती नदीमा ताल बनाउने कुरा छ, यसले कस्तो असर गर्छ अध्ययन गरिएको छैन,’ उनले भने, ‘सेती नदी गहिरिएर बनेको खोंचमा पहिरो झरिरहेको छ, त्यहाँ संरचना बनाएर भार थप्दा झनै जोखिम बढ्छ।’

सेती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

केही दिनयता देखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ । नदीमा पानीको बहाब बढ्न थालेकाले खतरा बढ्नसक्ने जनाउँदै आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिका समयमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । जिल्ला प्रशासन कार्यालयले सेती नदीमा पानीको बहाब बढेकाले आसपा

सेती नदी थुनिने जोखिम बढ्यो

पोखराको मध्यभाग हुँदै बग्ने सेती नदीको किनार क्षेत्रको धाँजा फाटेसंँगै खसेको डिस्कोले नदी थुनिन सक्ने जोखिम बढेको छ । सेती नदीस्थित रातोपहिराको अमिनताराको डिस्को खसेपछि सेती नदीमा नदी थुनिन सक्ने जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् । पोखरा–१७ रातोपहिराकी एक स्थानीय रेस्टुराँ व्यवसायी अस्मिता क्षेत्रीले सेती नदीमा ठूलो डिस्को खसेर नदी थुनिन सक्ने भएकाले चिन्त्ता […]

सेती नदी र पाताले छाँगो भाडामा दिने तयारी

पोखरा महानगरपालिकाले सेती नदीको नौ किमि र पाताले छाँगोको डेढ किमि क्षेत्र ४० वर्षका लागि सेती क्यान्योन प्रालिलाई भाडामा दिँदै पोखरा महानगरपालिकाले सेती खोँच र छोरेपाटनस्थित पाताले छाँगो एक निजी कम्पनीलाई...

पोखरा महानगरले सेती नदी क्षेत्र र पातले छाँगो ठेक्का लगाउन खोजेको भन्दै विरोध

पोखरा महानगरपालिकाले सेती नदी आसपासका केही क्षेत्र र डेभिडफल (पाताले छाँगो) ४०  वर्षका लागि निजी कम्पनीलाई ठेक्कामा दिने लागेको भन्दै विरोध शुरु भएको छ । महानगरले सरोकारवाला निकाय र विभिन्न राजनैतिक पार्टीसँग छलफलनै नगरी प्राकृतिक तथा जैविक विविधता मास्नेगरी निजी कम्पनीलाई ४० वर्षका लागि ठेक्कामा दिने निर्णय गरेको प्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले विरोध गरेको हो ।बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विष्णुहरि अधिकारीले महानगरले अमूल्य प्राकृ