काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।आज सम्पन्न मतगणनामा नेपाली कांग्रेसका विनोद चालिसेलाई हराउँदै एमालेका मिठाराम अधिकारी मेयरमा निर्वाचित भएका हुन्। उपमेयरमा पनि एमालेकी अनिता लामा निर्वाचित भएकी छन्।मेयरमा निर्वाचित अधिकारी १४ हजार २५० मतका साथ विजयी हुँदा कांग्रेसका चालिसेले ११ हजार ५ सय १२ मत ल्याएका छन्।एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले २ हजार २ सय २२ र स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३ सय ८ मत पाएका छन्। यस्तै राप्रपाका निना भेट