शहरी खानेपानी उपभोक्ता समिति २४ करोड ऋणमा

संखुवासभा : राजनीतिक भागवण्डामा निर्माण गरिएको साना शहरी खानेपानी उपभोक्ता समिति अहिले ऋणमा चुुर्लुम्म डुुबेको छ।संखुवासभको सदरमुकाम खाँदबारीमा सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समितिलाई २४ करोड रुपैयाँ ऋण लागेको छ। सदरमुकाम खाँदबारीका लागि सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समिति २४ करोड रुपैयाँ ऋण डुबेको हो। तत्कालीन समयमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागवण्डामा निर्माण गरिएको उपभोक्ता समितिले खानेपानी उपभोक्ता समितिलाई ऋणको भारी बोकाएको छ। भने खानेपानी

सम्बन्धित सामग्री

तानसेन खानेपानी उपभोक्ता विघटन गरी तदर्थ समिति

आफ्नो म्याद आफैं थप्दै अवैधानिक बनेको तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तानसेन नगरपालिकाले तदर्थ समिति गठन गरेको छ ।

खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता

चितवन – भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ। महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले व्यहोर्ने निर्णय गरेकी थिइन्। सोही निर्णय कार्यान्वयनमा ल्याउन बुधबार उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो। महानगरपालिकाभित्रका १० […]

खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता

चितवन– भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ । महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले बेहोर्ने निर्णय गरेकी थिइन् । सोही निर्णय कार्यान्वयनमा ल्याउनका लागि आज उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो […]

पनौतीको नमुना खानेपानी उपभोक्ता समिति : वार्षिक ५ करोड लिटर उपलब्ध गराउँछ

काभ्रे। उपभोक्ताहरुद्वारा संचालित पनौती नगरपालिकाको नमुना पनौती बसपार्क खानेपानी उपभोक्ता समिति पनौती ७ द्वारा गुणस्तरीय खानेपानी तथा खानेपानीको व्यवस्थापनका लागि भएका प्रयासका साथै आगामी योजनाहरुका विषयमा समीक्षा सहितको १८ औं वार्षिक सभा सम्पन्न गरेको छ । सरसफाइ खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर राजेन्द्र श्रेष्ठले उपभोक्ताहरुद्वारा व्यवस्थापन गरिएको नमुना उपभोक्ता समितिले उपभोक्ताहरुलाई गुणस्तरीय […]

टेलिकम सेवा चार दिनदेखि अवरुद्ध

अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ।...

स्थानीय तह निर्वाचन २०७९: २५ वर्षदेखि चुनावी मैदानमा भरोसा दास

झापा, धुलाबारीका भरोसा दास पौडेल (भगवान भरोसा), नगरमा हुने कुनै पनि संघ–संस्थाको चुनावमा उम्मेदवारी दिन छुटाउँदैनन् । खानेपानी उपभोक्ता समिति होस् या उद्योग वाणिज्य संघको निर्वाचन, उम्मेदवारी दिन अग्रसर भइहाल्छन् ।

विपद्ले खानेपानी आयोजना समयमै सम्पन्न गर्न सकस

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १६ मङ्सिर : कोरोना र प्राकृतिक प्रकोप खेपेका काभ्रेका दुई ठूला खानेपानी आयोजनालाई पुनःकोरोनाको जोखिम प्रक्षेपणले निकै सास्ती दिनेमा चिन्ता व्यक्त गर्न थालिएको छ । कोरोनाको जोखिमका कारण दुई वर्ष धकेलिएको तेमाल बृहत् खानेपानी उपभोक्ता समिति यतिबेला द्रुतगतिमा आयोजना सक्ने दौरानमा छ । बृहत् पाँचखाल खानेपानी आयोजनाको काम पनि कोरोनाको तेस्रो लहरले […]

खानेपानी उपभोक्ता समिति गठन कि संसदको चुनाव?

संखुवासभा : पाँचखपन नगरपालिकामा खानेपानी उपभोक्ता समिति गठन गर्न चुनाव नै गरिएको छ।पाँचखपनमा पहिलो पटक उपभोक्ता समिति निर्माणमा निर्वाचन भएको छ। पाँचखपन–४, ५ र ६ का लागि सञ्चालन हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा अध्यक्ष र सचिव पद छनोट चुनावमार्फत गरिएको हो।३ पटकको प्रयासमा पनि सहमति नभएपछि उपभोक्ता समितिको अध्यक्ष र सचिव पदका लागि २/२ जनाले आ–आफ्नै अडानपछि चुनाव गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताए। उपभोक्ता समितिको अध्यक्षमा मानसिंह पोख्रेल र कमल था

तानसेन खानेपानी उपभोक्ता समिति खारेज

चार वर्षदेखि अवैध रूपमा सञ्चालित तानसेन खानेपानी उपभोक्ता समिति खारेज गरिएको छ । तानसेन नगरपालिकाको आयोजना गरिएको वृहत् उपभोक्ताहरूको भेलाले चार वर्षदेखि अवैध रूपमा सञ्चालित उपभोक्ता समितिलाई खारेज गर्ने निर्णय गरेको हो ।