नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने बताएका हुन् । ‘‘तत्काल दुई तिहाइको सम्भावना छ भन्ने मलाई लाग्दैन’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना