काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छँदा पनि रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
आज बुधवार पनि बिहानैदेखि पटक–पटक छलफल भए तर अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का आकाङ्क्षी सशांक कोइराला पछि हट्न सक्ने सङ्केत गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहमध्ये दुई जना नै टसमस नभएपछि उम्मेदवारकाे नाम अन्योलमै रहेको हो ।
पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न ...