उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्छ भन्दै सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने सुझाव दिंदै सो धारणा राख्नुभएको हो । गणतन्त्र प्राप्तिका सबै …