चालू आवको ५ महीना : मुद्रास्फीति बढ्यो, विप्रेषण आप्रवाह घट्यो

पुस २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महीनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार मुलुकमा महँगी ह्वात्तै बढेको छ।  केन्द्रीय बैंकले बिहीवार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को मंसिर महीनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा मुद्रास्फीति २ दशमलव ९३ प्रतिशत रहेको थियो।  चालू आर्थिक वर्षको पाँच महीनामा कुल वस्तु निर्यात १०५ दशमलव ६ प्रतिशतले वृद्धि भएर १०२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष  सोही अवधिमा यस्तो निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो।  समीक्षा अवधिमा कुल वस्तु आयात ५९ दशमलव ५ प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष भने सोही अवधिमा यस्तो आयात ९ दशमलव ६ प्रतिशतले घटेको थियो। मंसिरसम्म कुल वस्तु व्यापार घाटा ५४ दशमलव ७ प्रतिशतले बढेर ७३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा १० दशमलव ९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ दशमलव ३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा चालू खाता ३०० अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष सोहि अवधिमा चालू खाता २३ अर्ब रुपैयाँले बचतमा घाटा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति  १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति  १०६ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको थियो।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६ दशमलव ८ प्रतिशतले कमी आई  ३८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा भने  विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो।

सम्बन्धित सामग्री

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दशमलव ३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव ८१ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दशमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दशमलव २२ प्रतिशत, फलफूलको १४ दशमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ९२ प्रतिशतले बढेको छ । तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६१ प्रतिशतले घटेको छ ।  गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२ दशमलव ११ प्रतिशत, शिक्षाको नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको छ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै, यातायात क्षेत्रमा एक दशमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दशमलव २३, तराईको पाँच दशमलव ६६, पहाडको सात दशमलव ३८ प्रतिशत र हिमालको १० दशमलव २४ प्रतिशत रहेको छ । त्यस्तै, यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रू तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो । गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सरकारको चालु खाता रू ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । त्यस्तै, वैदेशिक लगानी रू ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । असोज मसान्तसम्मको शोधनान्तर स्थिति रू ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू १२ अर्ब ४३ करोडले बचतमा थियो । गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । पहिलो त्रैमासिक अवधिमा आयात एक दशमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको छ । कुल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बढेकोछ ।

विदेशिएका फर्किनुपर्ने किन ? ‘झोले’ हुन ?

जुन देशको औसत ज्याला २० हजारभन्दा कम छ, त्यहाँ ७.७४ प्रतिशतको मुद्रास्फीति भएबाट हामी सजिलै अनुमान गर्न सक्दछौं कि सर्वसाधारणको आर्थिक जीवन कति कष्टसाध्य, दुःखद र अल्प-आयमा आधारित छ ।

बढ्यो विप्रेषण आप्रवाह, बैंकको कूल कर्जामध्ये ६६ प्रतिशतभन्दा बढी घरजग्गामा

पुस महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, मधेशमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ। पुस महिनामा विप्रेषण आप्रवाह २४.३ प्...

बढ्यो विप्रेषण आप्रवाह, बैंकको कूल कर्जामध्ये ६६ प्रतिशतभन्दा बढी घरजग्गामा

पुस महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, मधेशमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ। पुस महिनामा विप्रेषण आप्रवाह २४.३ प्...

कस्तो छ देशको वर्तमान आर्थिक अवस्था, हेर्नुहोस् तथ्यांक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय अवस्थाबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले बुधवार चालु आर्थिक वर्ष २०७८/७९ को चार महिनाको विस्तृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।  यस्तो छ प्रतिवेदनको मुख्य सारांश वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३२ प्रतिशत छ । आयात ६१.६ प्रतिशतले र निर्यात १०४.३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडले घा...

कस्तो छ देशको वर्तमान आर्थिक अवस्था, हेर्नुहोस् तथ्यांक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय अवस्थाबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले मंगलवार चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनाको विस्तृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।  यस्तो छ प्रतिवेदनको मुख्य सारांश वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२४ प्रतिशत छ । आयात ६३.७ प्रतिशतले र निर्यात १०९.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.६ प्रतिशत र अमेरिकी डलरमा ७.७ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडलेघा...

यस्तो छ नेपालको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जस अनुसार नेपालको आर्थिक तथा वित्तीय स्थितिको अवस्था निम्न अनुसार रहेको छ ।वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ ।आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.१ प्रतिशत र अमेरिकी डलरमा १७.५ प्रतिशतले घटेको छ ।शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.१० अर्ब ४९ करोड र राजस्व परिचालन रु.९३ अर्ब २६ करोड छ । विस्तृत मुद्राप्रदाय १.६ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.५ प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.६ प्रतिशतले घटेको छ र निजीक्षेत्रमाथिको दावी १.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९.६ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर २८.४ प्रतिशत छ ।

माघसम्म ५१३ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको सात महिनामा विप्रेशण अप्रबाहमा गिरावट आएको छ । चालू आवको माघसम्ममा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटी ५१३ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रबाहमा कमी आएको छ भने मूल्य वृद्धि बढेको छ । २०७६ माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको दस महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत छ । आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपियाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ ।