मेलम्ची आयोजना क्षेत्रको भौगर्भिक अध्ययन गरिदिन एडीबीलाई पत्राचार

१८ साउन, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरेको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिकी अध्यक्ष तथा खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले मेलम्ची आयोजनाको मुख्य बाँध भन्दा माथिको भौगर्भिक अध्ययन गर्न एडीबीलाई पत्राचार गरेको जानकारी दिए […]

सम्बन्धित सामग्री

मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व

काठमाडौं, पुस २४। उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा […]

मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व

उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको

अहिलेसम्म उपत्यकावासीको प्यास मेट्न नसकेको मेलम्ची आयोजना

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी जब गत चैत्र १५ गते काठमाडौं उपत्यकामा वितरण थालियो, उपत्यकावासीमा खुशी छाएको थियो। पानी आउने मिति पटक–पटक सर्दा सर्दा पनि नआउँदा एउटा कथा नै भएको ठानेका उपभोक्ताले अन्ततः आयोजना शुरु भएको दुई दशकपछि पानी पिउन पाएका थिए।तर, यहाँ झरेको पानी उनीहरूले २ महिना पनि राम्रोसँग खान पाएनन्। गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति पुगेको ९ महिनापछि मर्मत गरी हिजो (मंगलबार) पु

मेलम्ची आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपे

मेलम्ची आयोजना मर्मतको सकस

जतिसक्दो छिटो आयोजनाको मर्मत सकेर उपत्यकावासीको धारामा पानी ल्याउन सकिन्छ, त्यति नै छिटो फेरि नागरिकको विश्वास सरकारले जित्न सक्छ । करिब दुई दशकभन्दा बढीदेखिको काठमाडौंवासीको खानेपानीको सपना मेलम्ची एकपटक फेरि चर्चामा छ । यतिखेर मेलम्चीको पानी काठमाडौंवासीले उपभोग गरेर अपुग भएको माग आपूर्ति गर्न अन्य आयोजना बनाउने तयारी गर्नुपर्ने बेलामा सरकारलाई मेलम्चीकै मर्मतमा ध्यान दिन […]

असफल मेलम्ची आयोजना

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।...

मेलम्ची आयोजना : बढी क्षति भएको पाइए नयाँ ठेक्का दिइने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा बाढीले धेरै क्षति पुगेको पाइए त्यसको मर्मतका लागि नयाँ ठेक्का लगाइने भएको छ। आयोजनाले बढी क्षति पुगेको खण्डमा मर्मत गर्न नयाँ ठेक्का लगाउने जनाएको हो।आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनाको हेडबक्समा क्षति पुगेको छ। सुरुङमा माटोले भरिएको छ। जसकारण अहिले उपत्यकामा आयोजनाको पानी आएको छैन।‘आयोजनासम्म पुग्ने बाटो ट्रयाक खोल्ने काम सुरु भएको छ, बाटो खुलेपछि प्राविधिक टोलीसहित निरीक्षण गर्न जान्छौ

मेलम्ची आयोजना बनाउन सोझै ठेक्का लगाउने तयारी

१२ असोज, काठमाडौं । बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ । योसँगै एसियाली विकास बैंक (एडीबी) ले आयोजनाको पुनर्स्थापनाका लागि खर्च नगर्ने पक्का भएको छ । बाढीग्रस्त आयोजनालाई […]

बाढीपछि विक्षिप्त बन्यो मेलम्ची आयोजना (भिडियो र फोटो)

३ असार, काठमाडौं । मंगलबार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स)मा मेलम्ची खोलाको बाढी पस्यो । विहान ११ बजे सुपरीवेक्षणको लागि सुरुङ बन्द गरेको ८ घण्टा नबित्दै निर्माण्को सकाउन अन्तिम चरणको काम हुँदै गरेको आयोजनाको हेडवर्क्समा बाढीले बितण्डा मच्यायो । आयोजना प्रमुख रामकुमार श्रेष्ठका अनुसार आयोजना सकिने चरणमा भएको यो दुर्घटनाले आयोजनाको भविष्य नै अनिश्चित बनेको […]

केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना

काठमाडौं । मेलम्ची आयोजनाको सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि लागि मंगलबार विहान ११ बजे सुरुङको गेट बन्द गरियो । अम्बाथानबाठ खोलाको पानी खोलातर्फ नै सोझ्याइयो । तर, त्यसको ७ घण्टा नबित्दै मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र केही बेर खोला थुनिन पुग्यो । उद्घाटन भइसकेपनि मेलम्ची आयोजनामा बाँध र बालुवा छान्ने संयन्त्र... The post केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना appeared first on Purbeli News.