कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबारसम्म आठ जिल्लामा बाँडफाँटको टुंगो लगाएको हो ।सुर्खेत र रुकुम (पश्चिम)को भागबण्डा भने टुंग्याउन बाँकी छ । त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ । सत्ता गठबन्धनले टुंगो लगाएको आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख/उपप्