बाह्र दिनमै खानेपानी योजना सम्पन्न

सिमकोट – सिमकोट गाउँपालिका–१ र २ कुम्लिक जिउला खानेपानी योजना निर्माण सुरु भएको बाह्र दिनमै सम्पन्न भएको छ। उक्त योजना आवश्यकतामा आधारित हुनु र स्थानीयवासीले दिन रात काम गरेपछि सम्झौता भएको बाह्र दिनमै निर्माण पूरा भई धारामा पानी खसालिएको हो। स्थानीय तुन्डुप लामाले असार ३ गतेबाट निर्माण सुरु भएको कुम्लिक जिउला खानेपानी योजना निर्माण बाह्र […]

सम्बन्धित सामग्री

छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ।...

चौकीडाँडामा नौ करोडको लगानीमा खानेपानी

काठमाडौँ, २३ चैत । भरतपुर महानगरपालिका–२९  नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर महानगरको रु एक करोड ७५ लाख तथा स्थानीयको रु ६२ लाख बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको […]

बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सम्पन्न

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना सम्पन्न भएको छ । प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४३ लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना मंगलबार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले उद्घाटन गरेका छन् । खानेपानी योजना सञ्चालनमा आएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दै […]

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना सम्पन्न

लम्जुङ। मर्स्याङदी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ । खानेपानी योजनाको एक कार्यक्रमका विच मर्स्याङदी गाँउपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गर्नुभएको  हो  । गाँउपालिका भित्रका स्थानीयहरुलाई व्यवस्थित र स्वच्छ पानी खुवाउनका लागि स्थानीय संग सधै हातेमालो  गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाई छ । भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस वडा […]

६ करोड लागतको खानेपानी योजना  सम्पन्न भएको तीन वर्षमै प्रयोगविहीन

६ करोड रुपैयाँको लागतमा तीन वर्षअघि निर्माण सम्पन्न गरिएको गुप्सीको एकीकृत बस्तीमा सञ्चालित खानेपानी आयोजना प्रयोगविहीन भएको छ । २१ किलोमिटर परबाट ल्याइएको खानेपानीको पाइप धेरै ठाउँमा क्षतिग्रस्त भएपछि आयोजना प्रयोगविहीन...

६ करोड लागतको खानेपानी योजना  सम्पन्न भएको तीन वर्षमै प्रयोगविहीन

६ करोड रुपैयाँको लागतमा तीन वर्षअघि निर्माण सम्पन्न गरिएको गुप्सीको एकीकृत बस्तीमा सञ्चालित खानेपानी आयोजना प्रयोगविहीन भएको छ । २१ किलोमिटर परबाट ल्याइएको खानेपानीको पाइप धेरै ठाउँमा क्षतिग्रस्त भएपछि आयोजना प्रयोगविहीन...

चुँदरे खानेपानी योजना सम्पन्न

तनहुँ, १५ असोज: रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका छन् । रु एक करोड १६ लाख ४० हजार २०० को लागतमा सो आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको कूल लागतमध्ये रु ८४ […]

इच्छाकामनामा खानेपानी योजना सम्पन्न हुँदै

चितवन, २७ असार: जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ । त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो । गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ । गाउँपालिका प्रमुख गीता गुरुङले शनिबार मात्र इच्छाकामना–३ दारेचोकस्थित तोक्दाङढापमा खानेपानी आयोजनाको उद्घाटन गरे । सो अवसरमा एक घर एक धाराअन्तर्गत ४६ घरमा धारा जडानको काम […]

साढे ३ करोड लागतमा चार खानेपानी योजना सम्पन्न

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे ३ करोड रुपैयाँभन्दा बढी लागतमा विभिन्न खानेपानी योजना सम्पन्न भएका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाका चार, पाँच र ६ नम्बर वडामा कुल ३ करोड ५५ लाख ५५ हजार ५८४ रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएका हुन् । प्रदेश र संघबाट सञ्चालन भएका खानेपानी योजना सम्पन्न हुने तयारीमा छन् । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजना सम्पन्न गरिएको परियोजनाले बताएको छ । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सीधै मूलबाट ल्याइएका छन् । उक्त योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवारबाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाइ धारा, सिँचाइ पोखरी निर्माण गरिएको छ । परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने, ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका हुन् ।’ स्थानीयवासीलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजना प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत खानेपानी योजना सञ्चालन भइरहेको छ,’ उनले भने, ‘धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् ।’ गाउँपालिकाभित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको उनले बताए । गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहुँचबाट टाढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको बताइएको छ । गाउँमा पुराना मूल सुकेकाले पनि खानेपानीको समस्या भएको छ ।

१८ खानेपानी योजना सम्पन्न

गरिबी निवारण कोष नेपालको साना पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३ स्थानीय तहमा १८ वटा खानेपानी योजना सम्पन्न भएका छन् । पाँचथरका फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाँउपालिकाका विभिन्न वडामा गरिबी निवारण कोषको सहयोगमा खानेपानी योजना सम्पन्न भएका हुन् ।