काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएर प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपा सभापति रवि लामिछानेलाई समेत सांकेतिक रूपमा ‘थ्रेट’ दिएको आरोप लगाएका छन्। प्राइम टेलिभिजन एचडीको ‘जनता जान चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको अन्तर्वार्तामा सिंहले यस्तो आरोप लगाएका हुन्। उनले आफू र रास्वपा सभापति लामिछानेमाथि समेत सांकेतिक रूपमा […]
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई पुनःअनुबन्ध गरेको छ। रांजणेले एनपीएलको दोस्रो संस्करणमा विराटनगरबाट चार खेल खेल्दै ८७ रन बनाएका थिए। उनको ब्याटिङ औसत २९ र स्ट्राइक रेट १२९.८५ थियो। प्रतियोगितामा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए। ब्याटिङसँगै बलिङमा पनि योगदान दिएका […]
नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार आज साँझ सिमलतालमा सडक भासिएको हो । सडक भासिएपछि उक्त स्थानमा एकतर्फी यातायात सञ्चालन गरिएको उनले बताए । सडक डिभिजन कार्यालयले सडकको अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न र […]
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेटवार्ता गरेको सीएनएनले जनाएको छ । एक इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले दुई नेताबीचको छलफल मुख्य रूपमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा चिन्तामा केन्द्रित रहेको जनाएको हो । यद्यपि, समाचार तयार पार्दासम्म नेतान्याहूको कार्यालय वा यूएई […]
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट उक्त रकम असुल भएको हो। विश्वविद्यालयले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किए पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुल […]
एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ ।अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्र माथि प्रतिबन्ध लगाएको थियो । यो दवावपूर्ण अभियान अन्तर्गत इरानले ‘आर्थिक श्वासरोध’ हुने दाबी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए । वासिङ्टनले विदेशी कम्पनीहरूलाई सेप्टेम्बर २३ सम्म यो प्रतिवन्धलाई पालना गर्न समय दिएको […]