थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु आइतबार रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दैछन् । टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ