खाडीका देश नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश हुन् । यी देश नेपालभन्दा एकदमै गर्मी हुने देश हो । मरुभूमिको देश भनेर पनि चिन्छौँ ।
तर साउदी र ओमानका केही भूभागमा त नेपालकैजस्तो चिसो पनि हुन्छ । तर समग्रमा भन्दा गर्मी धेरै हुन्छ । नेपालको भन्दा फरक हावापानी र रहनसहन भएको देशमा रोजगारीका लागि जाने भएपछि सबैभन्दा पहिला त म यस्तो देशमा जाँदै छु है भनेर आफ्नो दिमागलाई तयार बनाउन पर्छ ।
यस्तो छ है मैले यस्तो परिस्थितिको सामना गर्न पर्छ भन्ने कुरा दिमागमा लिएर जाँदा त्यहाँ पुगेपछि घुलमिल हुन सहज हुन्छ । म सर्वप्रथम २००९...