काठमाडौँ । मन्त्रिपरिषद्को त्यो निर्णय । २०७२ चैत १ मा मन्त्रिपरिषद्ले गरेको निर्णयले प्रहरीमा दाल–चामल बाँड्ने युगको अन्त्य भयो । तराजुमा जोखेर चामल र दाल बाँड्ने युगको अन्त्य मात्र भएनन्, सो निर्णयका कारण रासनको नाममा हुने भ्रष्टाचार सधैँका लागि अन्त्य भएको छ । २०७२ चैत १ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सकलदर्जालाई रासनबापत नगद दिने निर्णय गरेको थियो । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका दुर्जकुमार राईले सो क्रान्तिकारी न