कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्डका साथ पर्यटन सञ्चालन गर्नुपर्छ : डब्ल्यूएचओ

काठमाडौं । कोभिड–१९ ले नराम्ररी प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश एस पाण्डवबीच पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्यूएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जानकारी दिएको छ । भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अभैm कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ,’ पाण्डेयको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्पmत बताएको छ । पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामका लागि पनि डब्ल्यूएचओको सहयोग रहने उनले बताए । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउन कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको बताए । रासस