मलाई बागदरबार मास्ने भयो भन्ने आरोप लगाइयो : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफुमाथि बागदरबार मास्न लाग्यो भन्ने अनावश्यक आरोप लगाएको भन्दै गुनासो गरेका छन् । आरोप लागउनेहरुप्रति गुनासो गर्दै मेयर शाक्यले कसैको अनावश्यक चरित्र हत्या गरेर आफुलाई उच्चो नठान्न पनि आग्रह गरे । आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले  हरि भवनलाई बागदरवार भनेर मुद्दा हाल्ने काम गरी काममा अवरोध गरेको समेत गुनासो गरे ।‘हरि भवनलाई बागदरबार भन्नु भनेको मरेको मान्छे जिउँदो छ भने जस्तै हो’ उनले भने ।

सम्बन्धित सामग्री

पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित

काठमाडौँ –  काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित भएका छन्। आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। शाक्यमा रुघाखाेकी र ज्वराे आएपछि उनले काेराेना परीक्षण गराएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ। शाक्य अहिले हाेम आइसाेलेसनमा बसेका छन्।

महानगरवासीले दिएको धेरै जिम्मेवारी पुरा गरेको छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए । शनिबार काठमाडौं महानगरपालिका– १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए । त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुल

संघीयताको पहिलो कार्यकाल: सिकाइमै सीमित संघीयता

वास्तममै पहिलो कार्यकाल सुरुवाती चरण भएका कारण सिकाइका लागि नौलो अभ्यास नै हो। चुनौतीलाई चिर्दै संघीयता कार्यान्वयनलाई अगाडि बढाएको बताउँछन् काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य।...

सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नै गरेन : विद्यासुन्दर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरेको बताए। तर,  अहिले स्थानीय सरकारसँग कुनै संवाद…

विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित भए ।आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताए । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए ।अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न […]

गगन थापादेखि किन ‘फायर’ छन् मेयर विद्यासुन्दर शाक्य?

माघ ४ गते। काठमाडौँ महानगरपालिका ४ मा मनमोहन पार्क शिलान्यासको कार्यक्रम थियो। शिलान्यासमा सहभागी हुन पुगेका थिए काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य। शाक्यले कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापालाई वडास्तरमा चुनाव लडेर देखाउन चुनौती दिए। थापा उक्त क्षेत्रबाट निर्वाचित सदस्य समेत हुन्। शाक्यको आरोप थियो – गगन चर्चामा आउन जे…