चलचित्र संघको कारण फेरि पर सर्यो ‘चपली हाइट ३’

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सारेको छ । आगामी बिहीबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सरेर पुस ३० मा पुगेको छ । नेपाल चलचित्र संघको अनुरोधका कारण आफूले फिल्म सारेको निर्माता अर्जुन कुमारले बताए ।‘चलचित्र संघले आगामी चैत्रसम्मका लागि जुनै डेटमा पनि सिङ्गल नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको छ’ अर्जुन कुमारले भने ‘संघले ‘कठपुतली’ सिङ्गल रिलिज गर्ने वातावरण बनाउन गरेको अनुरोध मैले स्वीकारेको हो ।’ आफ्नो फिल्म रिलिजमा पनि सि

सम्बन्धित सामग्री

तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’

काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो । पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । […] The post तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘चपली हाइट ३’मा सुपुष्पाको आवाज किन राखिएन ?

३ माघ, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’मा अभिनेत्री सुपुष्पा भट्ट बोल्ड भूमिकामा देखिएकी छन् । डान्स क्लबमा काम गर्ने युवतीको भूमिकामा देखिएकी सुपुष्पाको विकिनी दृश्य समेत चलचित्रमा समावेश छ । चलचित्रमा छोटो तर महत्वपूर्ण भूमिकामा काम गरेकी सुपुष्पाले आफूलाई फरक शैलीमा प्रस्तुत गरेकी छन् । चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’मा उनलाई हेरेका दर्शकले […]

फ्राइडे रिलिज : हलमा ‘चपली हाइट ३’

३० पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’ रिलिज भएको दुई सातापछि अर्को नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा रहेको अवस्थामा रिलिज भएको थ्रिलर जनराको चलचित्र ‘चपली हाइट ३’ले नयाँ आशा छर्ने अपेक्षा गरिएको छ । निर्माता अर्जुन कुमारले चलचित्र रिलिज भएसँगै एक भिडियो सार्वजनिक गरेका […]

‘चपली हाइट ३’माथि सिंगो फिल्म क्षेत्रको चासो

२१ पुस, काठमाडौं । पुस ३० गतेबाट चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । यो महिना मात्र दुई पटक रिलिज मिति सारिसकेको यो चलचित्रमाथि सिंगो चलचित्र क्षेत्रकै नजर छ । बारम्बार पछि धकेलिएको चलचित्रको प्रदर्शन मिति र निर्माता अर्जुन कुमारको विवादस्पद बयानले चलचित्रलाई चर्चामा ल्याइदिएको छ । चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म तानेको अवस्थामा थ्रिलर कथामा […]

फेरि अप्ठ्यारोमा ‘चपली हाइट ३’

११ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को बारम्बार प्रदर्शन मिति सारिरहेका छन् । पुस २ गते रिलिज हुनुपर्ने यो चलचित्रलको मिति सारेर पुस १५ मा पुर्‍याइएको थियो । तर, यो चलचित्र फेरि अप्ठ्यारोमा परेको छ । पुस १६ गते अर्को चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरिसकेको थियो । सोही चलचित्रसँग जुध्न […]

‘चपली हाइट ३’को ‘थर्मस पब्लिसिटी’

५ पुस, काठमाडौं । पुस २ गतेबाट पुस १५ गतेलाई प्रदर्शन मिति सारिएको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्ष प्रचारप्रसारमा व्यस्त छ । नेपाली चलचित्र क्षेत्र दुई वर्षदेखि सुनसान अवस्थामा रहेकाले पनि यो चलचित्रले व्यापारको ढोका खोल्ने अपेक्षा गरिएको छ । चलचित्रको प्रदर्शन मिति दुई साता पर सारेपछि निर्माता अर्जुन कुमार नयाँ प्रचार शैलीका साथ दौडधुपमा […]

पुष १५ पुग्याे ‘चपली हाइट ३’

काठमाडौं– आगामी पुष २ अर्थात आउने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ दुई साता पछि सरेको छ । यो फिल्म अब पुष १५ गते रिलिज हुनेछ । फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन् । ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा […]

अर्को शुक्रबारदेखि प्रदर्शन हुने ‘चपली हाइट ३’लाई ‘पीजी’ सर्टिफिकेट

२४ मंसिर, काठमाडौं । पुस २ गते अर्थात् आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनको एक साताअघि शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको हो । अब यो चलचित्र हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको […]

हिन्दी र अंग्रेजी चलचित्रको चेपुवामा ‘चपली हाइट ३’

८ मंसिर, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेदेखि प्रदर्शन हुँदैछ । निर्माता अर्जुन कुमारदेखि नायिका स्वस्तिमा खड्काले आफूहरुले जोखिम मोलेर चलचित्र रिलिज गर्न लागेको बताउँदै आएका छन् । तर, यो मितिमा अब यो चलचित्रले सोेलो रिलिजको अवसर भने पाउने छैन । किनकि, पुस २ गते हिन्दी र अंग्रेजी चलचित्र पनि रिलिज हुँदैछन् […]

चपली हाइट ३ ट्रेलर सार्वजनिक

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २...