७० प्रतिशत वडा उच्च जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढीपहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टिले वर्गीकरण गरेको छ।...

सम्बन्धित सामग्री

७० प्रतिशत वडा उच्च जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढीपहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टिले वर्गीकरण गरेको छ।...

विक्रीमै छ नेपाल फाइनान्सको ७०% हकप्रद शेयर

जेठ १९, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको ७० प्रतिशत हकप्रद शेयर विक्रीमै रहेको छ ।  कम्पनीले जेठ ६ गतेदेखि १० बराबर ७ को अनुपातमा  प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।  यो हकप्रद शेयर खरीदका लागि जेठ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । हाल प्राथमिक बजारमा हकप्रद शेयर नेपाल फाइनान्सको मात्र निष्कासनमा रहेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले कार्यालय अवधिपश्चात् हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरुसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।  हकप्रद प्रयोजनकाल लागि गराईएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्ने इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।  नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।  हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ । हकप्रद निष्कासनको सूचना हेर्न यहाँ क्लिक गर्नहोस् :

नेपाल फाइनान्सको ७० % हकप्रद शेयर शुक्रवारदेखि विक्री खुला

जेठ ५,  काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले शुक्रवारदेखि ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता (१ : ०.७) शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले रू.१०० अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । उक्त हकप्रद निष्कासनका लागि कम्पनीले गत वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष २०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।  कम्पनीले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी  रू.४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५०  पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्काासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।

नेपाल फाइनान्सको हकप्रद शेयर जेठ ६ गतेदेखि विक्रीमा

वैशाख २५, काठमडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले रू. १०० अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद जारी गर्ने भएको हो । उक्त हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।  नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी  रू. ४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५०  पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्काासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।