राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका राजदूतबीच भेट

१ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदूत भोल्कबीच भेटवार्ता भएको हो । भेटको क्रममा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष आज रुस भ्रमणमा जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुसको औपचारिक भ्रमण जाँदै छन्।  रुसको माथिल्लो सदनका अध्यक्ष भेलेन्टिना मटभिन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्।  सो सन्दर्भमा बुधबार...

अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच भेट

काठमाडौं, ४ माघ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । चीनको २२औं राजदूतका रुपमा नेपाल आउनुभएका सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट भएको हो। भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका  छन् ।उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

काठमाडौं । बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ। मंलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान […]

चन्द्रगिरि केवलकारमा अड्किए राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केवलकारमा अड्किएका छन्। परिवारसहित चन्द्रागिरि पुगेका अध्यक्ष तिमिल्सिना चढेको केवलकार बिग्रिएर बीचमै अड्किएको हो। उनी करिब एक घण्टादेखि अड्किएका छन्। प्रहरीका अनुसार अहिले केवलकार मर्मत कार्य भइरहेको छ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका– ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पशुपति केन्द्रबाट बिहान ७ : ३० बजे मतदान गरेका हुन् ।स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडी आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि जारी छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज इन्डोनेशिया जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका छन्।...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना जिपलाइन खेल्न धुलिखेल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जिपलाइन खेल्न धुलिखेल पुगेका छन् । धुलिखेल पुगेका तिमिल्सिनाले जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको बताएका छन् । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटरको छ। भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज रुस जानुहुँदै

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदै हुनुहुन्छ । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस जान लाग्नुभएको हो ।