काठमाडौं : श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले सोमबार घरेलु टोली श्रीलंकासँग खेल्दैछ।यी दुई टोलीबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ।नेपाल समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो। समूह चरणमा नेपालले भुटानलाई २–१ र भारतलाई ३–१ ले हराएको थियो। नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई घरेलु मैदानमा हराउँदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन्।