रौतहट, फागुन २७ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको हो । प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडकबत्ती बालेबापतको सो महसुल बक्यौता रहेको देखिएको […]