पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओलीलाई निष्कासन

नागरिक दैनिकले नेकपा दुई समूहका विभाजित भएपछि प्रचण्ड नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको खबर छापेको छ । आइतबार बसेको सो समूहको स्थायी समिति बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको हो । प्रचण्ड–नेपाल समूहको माघ २ गते बसेको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बालुवाटारमा बुझाइएको थियो । तर त्यसको जबाफ नदिएको भन्दै ओलीलाई आइतबार कारबाही भएको हो ।  

सम्बन्धित सामग्री

अधिकार नै नभएका ओलीले गरेको कारबाही कुनै अर्थ छैन : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन्।नेकपा एमाले अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दाबीसमेत गरेका छन्। अध्यक्ष ओलीले नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन्।‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन। यस बारेमा मलाई जानकारी पनि छैन’ नेता नेपालले भने,&ls

संसदलाई प्रचण्ड-नेपालको पत्र : ओली पार्टीको साधारण सदस्य पनि होइनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्डमाधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्कासन गरेको जानकारी गराएको छ । प्रचण्ड माधव समुहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो । सो समुहले संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ । पत्रमा पार्टीको विधान अनुसार साधारण सदस्य तथा अध्यक्षबाट निश्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा रहन नसक्ने भन्दै सम्बन्धीत सबैको ध्यानाकर्षण गराईएको छ । पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उहाँलाई साधारण सदस्य र अध्यक्षबाट हटाएको बारे संसद सचिवालयलाई लिखित जानकारी गराईएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदीय दलका नेतासंगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाईसकिएको अवस्था छ । मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति निर्देशन अनुसार संसदीइ दल चल्ने खालको विधि विधान भएको हुनाले त्यही अनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरुको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराईएको अवस्था छ ।’ अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको ‘जानकारी सम्बन्धी पत्रमा’ भनिएको छ, ‘असंबैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित भइसकेको अवस्थाामा माथिका प्रकरणहरुमा उल्लेखित वस्तुतथ्यको विपरीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारवाहीलाई अनाधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु ।’

केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाइयाे - Purbeli News

काठमाडौं / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड माधव समुहले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यस्तै महासचिव विष्णु पौडेललाई पदबाट हटाएको बताइएकाे छ ।

प्रचण्ड-नेपाल पक्षद्वारा प्रधानमन्त्री ओली नेकपाको साधारण सदस्यताबाट निष्काशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाएको छ । पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । बैठक पछि संचारकर्मीहरुसँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताउनु भयो । प्रधानमन्त्रीले संसद विघटनगरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो । यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थाई समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ।

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा संसद विघटनपछिको अवस्था र आन्दोलनबारे छलफल हुनेछ । पार्टी कार्यालयमा बैठक शुरू भएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी समेत रहेको एक नेताले जानकारी दिए । यसअघि पार्टीले ओलीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआए ओलीलाई कारवाही गर्ने नेकपा प्र...

ओलीलाई थप कारवाही गर्न भोलि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतवार नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतवार दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा ओलीलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नआएकाले भोलिको बैठकबाट साधारण सदस्य समेत नरहने गरी कारवाहीको निर्णय हुने नेकपा स्रोतले जनाएको छ । यसअघि अध्यक्ष माधवकुमार नेपालले समेत ओलीलाई कारवाही गर्न लागिएको जानकारी सार्वज...

ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउँछौ: माधव नेपाल

सुर्खेत । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी  निष्काशन गर्ने बताएका छन् ।  बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने बताएका हुन् ।&nb...