रेल्वे सम्झौता परिमार्जनका सुखद पक्ष

नेपाल–भारतले गत महिना रेल सेवा सम्झौता परिमार्जन गरेको छन् । सन् २००४ दुई देशबीच रेल सम्झौता भयो र दुवै पक्षले यसमा धेरैचोटि संशोधन गर्ने प्रयास गरिसकेका थिए । संशोधित लेटर अफ एक्सचेन्जअनुसार सबै आधिकारिक निजी कन्टेनर ट्रेन अपरेटरले (भारतीय र नेपाली) भारतीय रेल सञ्जालको उपयोग गरी नेपालको आयात वा निर्यातका लागि ढुवानी गर्न सक्नेछन् । यसबाट भारत सरकारको कन्टेनर कर्पोरेसन अफ इन्डियामा रहेको एकाधिकार समाप्त हुने अपेक्षा गरिएको छ । दुवै देशले यात्रु र कार्गो सुविधा दुवैको सीमापार रेल सेवा विस्तार गर्ने गर्ने योजना बनाइरहेकाले सम्झौतालाई ढिलाइ नगरी संशोधन गर्नु आवश्यक र अनिवार्य थियो । सम्झौतामा हालै गरिएको संशोधनले नेपालले लामो समयदेखि सामना गरिरहेका अवरोधहरू हटाएको छ । सम्झौताले विशेष गरी भारतीय रेल ढुवानी सेवामार्फत सामानको आयात र निर्यातमा देखिएको समस्या समाधान गर्ने देखिएको छ ।

सम्बन्धित सामग्री

वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालन हुने

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् । छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा

प्रतिनिधिसभाबाट पनि बहुमतले रेल्वे विधेयक पारित

काठमाडौँ । रेल्वे विधेयक प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो । प्रतिनिधिसभाको बुधवारको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ । प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागु हुने भएको छ । प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य […]

रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ।राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए।अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजन

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन्।...

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन्।

रेल्वे अध्यादेश जारी

काठमाडौँ – रेल्वे अध्यादेश २०७८ जारी भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन्। सरकारले रेल्वे सम्बन्धी कानुन बनाउन राष्ट्रियसभा विधेयक दर्ता गरे पनि डढे वर्षदेखि कानुन निर्माण प्रक्रिया पूर्णरुपमा बिथोलिएपछि फिर्ता लिएको थियो। दुवै सदनबाट पास हुने अवस्था नभएपछि सरकारले फिर्ता लिएर अध्यादेश जारी गरेको हो। भारतीय सहयोगमा निर्माणमा भएको […]

महोत्तरीको रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा

महोत्तरीमा  रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत भंगाहा, किसाननगर क्षेत्रमा मुआब्जाको विषयलाई लिएर  रेल्वे स्टेसन तथा रेल्वे नै बनाउन नदिने तयारी भइरहेको आरोप लागिरहेको बेला मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।विशेषगरी बर्दिबासमा रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा २०७२ सालमा नै रोक्का भएको थियो । मुआब्जाको रेट निर्धारण प्रचलित मुल्यमा नभएको भन्दै रेल्वे मुआब्जा पिडीतहरूले गरेको आन्दोलनका कारण मुआब्जा

जनकपुर रेल्वे कम्पनीमा कर्मचारीले लगाए ताला

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।

जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका...

रेल्वे कम्पनीमा तालाबन्दी

नेपाल रेल्वे कम्पनीले पुराना कर्मचारीलाई अनाहकमा निकालेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेको छ । शुक्रबार जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।दुई साता अघिदेखि आन्दोलनमा उत्रिएका पुराना कर्मचारीले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । संघर्ष समितिमा आवद्ध दिलिप साहले विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझ