नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ । बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो । भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गु

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री नहुँदा रुसी विदेशमन्त्रीसँगको टेलिफोन वार्ता अन्योलमा

२२ फागुन, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो । परराष्ट्र मन्त्रालयले यस विषयमा गृहकार्य भइरहेको […]

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गर्नुभएको छ । मंगलबार भएको टेलिफोन वार्तामा आतंकवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट […]

परराष्ट्रमन्त्री साउदकाे इजरायली समकक्षीसँग टेलिफोन वार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले आज मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरी हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने कार्यमा सहजीकरण गर्न आग्रह गरेका छन्।फोन कुराकानीमा परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा सार्न र घर फर्कन चाहनेहरूका लागि पनि सहजीकरण गर्नसमेत आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।यो दुखद समयमा नेपाल इजरायलसँगै रहेको पनि परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षीसँगको कुराकानीमा बताएका जनाइएको छ।इजरायली विद

परराष्ट्रमन्त्री खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा.नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा.खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरे । उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ।...

परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच टेलिफोन वार्ता

परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्तामा उनीहरुले अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार विकास, कोरोना महामारीविरुद्धको सहकार्य...

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच टेलिफोन वार्ता

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ । बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् । दुवै परराष्ट्रमन्त्रीबीच दुई […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ स्टेट काउन्सिलर यीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा द्विपक्षीय हितका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले थप २० लाख मात्रा कोभिड विरुद्धको खोप उपलब्ध गराउने भएकोमा मन्त्री खड्काले यीलाई धन्यवाद समेत दिएका छन् ।  Hon. FM Dr. Narayan Khadka and H.E. Mr. Wang Yi, State Councilor of China held a telephone conversation and discussed various matters of bilateral relations. Hon. Dr. Khadka thanked State Councilor for the announcem...

चीनले थप २० लाख डोज खोप अनुदान दिने

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता : कोभिड-१९ विरुद्धको खोपको आपूर्तिबारे छलफल

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। दुई समकक्षीबीच आज दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टेलिफोन वार्ताका क्रममा दुई समकक्षीबीच कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच थप सहकार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले बताएको छ। सो…