दुई पटक शिलान्यास भयो, काम सुरु भएन

सुर्खेत, कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले दुई वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रेका लागि ठक्का संझौता पनि भयो। संझौता...

सम्बन्धित सामग्री

सुरु भएन नौबस्ता औद्योगिक क्षेत्र निर्माण

नौबस्ता औद्योगिक क्षेत्र परियोजनाको काम अझै पनि सुरु हुन सकेको छैन । निवर्तमान सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७७ फागुन ११ औद्योगिक क्षेत्र शिलान्यास गरेको चार महिना बितेको छ तर काम भने सुरु भएको छैन । औद्योगिक क्षेत्र निर्माणस्थलमा तीन सय जति स्थानीयले घर टहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण निर्माण कार्य सुरु गर्न नसकिएको हो । सो परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड रुपियाँ बजेट छुट्याएको थियो तर काम सुरु नहँुदा सो बजेट चालू आर्थिक वर्ष २०७७÷७८ मा खर्च हुन नसकेका नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटकपटकको प्रयास सफल हुन नसकेपछि निर्माण कार्य सुरु हुन नसकेको हो ।