प्रतिनिधिसभामा आज चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधि सभामा केहीदिनदेखि बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ। हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सँस्कृति पर्यटन तथा न

सम्बन्धित सामग्री

७ वटा मन्त्रालयको बजेटमाथि छलफल सकियो

काठमाडौं : 'विनियोजन विधेयक २०८०' को मन्त्रालयगत छलफलअन्तर्गत हालसम्म सात वटाको छलफल सकिएको छ। प्रतिनिधिसभामा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सकिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकमाथिको छलफल आज तोकिए पनि प्रदेशको नामको सट्टा अङ्क उल्लेख भए पछि कार्यसूचीबाट हटाएर असार ८ गतेका लागि तोकिएको छ। नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रदेशसभाको बहुमतबाट स्वीकृत प्रदेशको नाम

सकियो विनियोजन विधेयकमाथिको दफावार छलफल

काठमाडौं । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न विषयको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले असार १५ गते बजेट प्रस्तुत गरेपछि सुरु भएको यो छलफल आज सकिएको हो । नेपाल सरकारका मन्त्रालयहरूमार्फत विभिन्न शीर्षकहरू विनियोजन भएको बजेट शीर्षकमाथि प्रतिनिधिसभाका सदस्यहरूले छलफल गरेर उठाएका सवालहरूमाथि सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएसँगै सो छलफल […]

विनियोजन विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौँ । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न विषयको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेपछि सुरु भएको यो छलफल आज (बिहीबार) सकिएको हो । नेपाल सरकारका मन्त्रालयहरूमार्फत विभिन्न शीर्षकहरू विनियोजन भएको बजेट शीर्षकमाथि प्रतिनिधिसभाका सदस्यहरूले छलफल गरेर उठाएका सवालहरूमाथि सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएसँगै सो छलफल सकिएको हो […]

प्रदीप ज्ञवालीको आरोप : बजेटले राजनीतिक र आर्थिक संकट ल्याएको छ

काठमाडौं : प्रतिनिधिसभामा आज पनि आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराएका छन्। बजेटमाथिको छलफलमा सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै…

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरू

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आय÷व्ययको छलफल सुरू गर्न प्रस्ताव गरेसँगै छलफल सुरू भएको हो ।अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज सोही बजेटमा गरिएका व्यवस्थाका बारेमा संसद बैठकमा छलफल सुरू भएको हो

आज संसदमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै, के के हुन्छन् समावेश ?

प्रतिनिधिसभामा आज शनिबार आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । आजको प्रतिनिधि सभा बैठक बिहान ११ बजेको लागि बोलाईएको छ । आजको बैठकमा सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल हुने छ । सांसदहरुले बोल्ने क्रम जारी नै रहेकोले संसदमा नीति कार्यक्रमको छलफल सकिएको छैन । नीति तथा कार्यक्रम माथिको छलफल सकिएपछि प्रधानमन्त्रीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि नीति तथा कार्यक्रम माथि परेका संशोधनहरुलाई निर्णायार्थ पेश गरिने छ । नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने छन् ।यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।के हो आर्थिक सर्वेक्षण ?बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ । त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ । सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।

एमालेको नाराबाजीकाबीच संसदमा बजेटमाथि छलफल शुरु

४ असोज, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल शुरु भएको छ । आज विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकाएर पारित गर्ने कार्यसूची छ । २३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले बजेट माथिको छलफलमा समेत नाराबाजी जारी राखेको हो । तर, सभामुखले एमालेको नाराबाजीकाबीच छलफल अगाडि बढाएका […]

प्रतिनिधिसभामा पूर्व बजेट छलफल शुरु

प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आज(विहीबार)देखि छलफल शुरु भएको छ।