जनता समाजवादी पार्टी अलग हुने पक्का, इजलास गठन गर्दै निर्वाचन आयोग

श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’

सम्बन्धित सामग्री

हस्ताक्षरका लागि महन्थ पनि पुगे निर्वाचन आयोग

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा हस्ताक्षर गर्न महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्दै ठाकुर लगायत नेताले लोसपा गठन गरेका हुन् । संघीय संसद् वा केन्द्रीय कार्यकारिणी समितिमा २० प्रतिशत पुगेमा लोसपाले नयाँ दलको मान्यता पाउने छ ।  यस्तो अवस्थामा सो पार्टीमा लाग्ने निर्वाचित जनप्रतिनिधिहरूको पद समेत सुरक्षित रहने छ।

निर्वाचन आयोग पुगेर रेशम चौधरीले भने- म तटस्थ बस्छु

जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बस्ने भएका छन्।

रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी सदस्य रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै हुनुहुन्छ । उपेन्द्र यादव पक्ष नेता नवराज सुवेदीले चौधरी आयोग आउन लागेको जानकारी दिनुभयो । सुवेदीका अनुसार चौधरीले पनि यादवकै पक्षमा हस्ताक्षर गर्नुहुनेछ । चौधरीको हस्ताक्षर जेलमै लिने बताइएपनि उहाँलाई आयोग नै बोलाइएको छ । चौधरी कैलाली […]

निर्वाचन आयोग पुगे जसपाका नेताहरु, सनाखत प्रक्रिया जारी

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुहरुले आ–आफ्नो पक्षमा सनाखत गरिरहेका छन्। आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेडकाउन्टमार्फत जसपाको विवाद टुंग्याउन लागेको हो। हाल आयोगमा दुवै पक्षको सनाखतका लागि छुट्टाछट्टै ठाउँको व्यवस्था गरिएको छ। नेताहरुको आ–आफ्नो पक्षमा सनाखत गर्ने क्रम अहिले जारी छ।

रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोग

जनता समाजवादी पार्टी खारेजीको मागसहित सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको छ । राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले वारेसमार्फत सर्वोच्च अदालत रिट दायर गरेका हुन् ।  कानुन विषय अध्ययनरत हृदयराज मिश्र वारेस बनेर पेश गरिएको रिटमा जनता समाजवादी पार्टीको एकिकरण खारेज गर्न माग गरिएको छ ।रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’  निवदेनमा निर्वाचन आयोग र तत्क

जसपा विवादमा तात्यो निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिए ।‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि

आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो जसपाको उपेन्द्र समूह

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ । एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो ।  अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री केपी...

निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको जसपा उपेन्द्र यादव पक्षको निष्कर्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...