नियमित उडान नभए पनि कर्मचारीको तलबभत्ता, विद्युत महसुल, उपकरणको मर्मतसम्भार र प्रशासनिक काममा मात्रै वार्षिक आठ करोड रूपैयाँभन्दा बढी खर्च भइरहेको छ।
एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण लिएर बनाइएको विमानस्थल सञ्चालन नभए पनि सरकारले ऋणको ब्याज तिरिरहनुपरेको छ।
बझाङ । घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो । घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्छन् । […]
अप्टोजेनेटिक्सले सबै रोग निको पार्ने समाधान दिइसकेको छैन। तर यसले शरीरका निश्चित कोषले कसरी काम गर्छन् भन्ने बुझ्न र रोगको उपचारलाई अझ सटिक बनाउने सम्भावना बढाएको छ। यसको भविष्य यसलाई सुरक्षित, प्रभावकारी र मानव उपचारका लागि उपयोगी बनाउन गरिने थप अनुसन्धानमा निर्भर हुनेछ।
लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीको निर्देशनमा निर्मित फिल्म बाटुलो जूनमा समावेश गीत मेरो मन चोर्यौ सुटुक्कै सार्वजनिक भएको छ। घटस्थापनाको साइत पारेर सार्वजनिक गीतले फिल्मको प्रेमकथा र परिवेशलाई मात्र अघि बढाएको छैन, निर्देशक केसीको पुरानो शैलीलाई समेत सम्झाएको छ। युग भुसालको शब्द र संगीत रहेको गीतमा हिमांशु जान शर्मा र तृषा चटर्जीको स्वर […]
काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । दसैँको अवसरमा देवी दुर्गाको पूजा आराधना गर्न बिहानैदेखि श्रद्धालुहरू मन्दिर पुग्ने गरेका छन् । दसैँका दिन देशभरका विभिन्न शक्तिपीठहरूमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको भीड लाग्ने गर्छ। काठमाडौँको मैतीदेवी मन्दिरमा दर्शन तथा […]