उपचारका लागि माओवादी केन्द्रका नेता पुन चीन प्रस्थान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  उपचारका लागि चीन प्रस्थान गरेका छन् । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार सॅाझ फ्लाई दुबइको उडानबाट चीन उडेका हुन् ।  चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल-चीन सिधा हवाई उडान नहॅुदा पुन दुबई, ग्वान्झाओ हॅुदै चीनको सेन्जेन जानेछन् । पुनका साथमा पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् । नेता पुनको सेनज

सम्बन्धित सामग्री

फलोअप उपचारका लागि वर्षमान पुन चीन प्रस्थान

एकीकृत माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन गएका छन्। पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन्।

माओवादी नेता वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणको लागि चीन प्रस्थान

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेकाे थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएकाे १३ असोजमा थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि प...

उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भ