काभ्रे : काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ जिल्लासँगै राष्ट्रिय राजनीतिमा समेत विशेष चासोको रूपमा हेरिएको निर्वाचन क्षेत्रमा पर्छ।यो क्षेत्रबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं चुनावी मैदानमा छन्।काभ्रे–२ मा बाँस्कोटा र हुमागाईंबीचको कडा प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। नेता हुमागाईंलाई गठबन्धनको समर्थन रहेको छ भ