यस्ता छन् टेलिकमको नाफा बढ्नुका कारण, ब्याजबाटै ७७ करोड आम्दानी

आर्थिक वर्ष ७८/७९ मा नेपाल टेलिकमको खुद नाफा १७.५४ प्रतिशतले बढेको छ  । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कम्पनीको खुद मुनाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा आर्थिक वर्ष ७८/७९ को अवधिसम्ममा (२०७९ आषाढ मसान्त ) मा कम्पनीको खुद नाफा १ अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भई ८ अर्ब ३८ करोड ८८ हजार पुगेको हो ।यस अवधिमा  कम्पनीको कुल सञ्चालन आय ५.४४ प्रतिशतले वृद्धि भई ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार पुगेको छ। त्यस्तै कम्पनीको  कुल आय ५ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार पुगेको छ। कम्पनीले खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको जनाएको छ । कार्य सञ्चालन आयमा वृद्धिः• Data सेवाको प्रयोगमा वृद्धि भएका कारण GSM Data तर्फ करिब रु. ५० करोड वृद्धि भएको • 4G सेवाको व्यापक विस्तार गरिएका कारण GSM Voice सेवाको प्रयोग वृद्धि भई करिब रु. २ अर्ब ५५ करोड वृद्धि भएको। कार्य सञ्चालन आयमा कमी: • अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार Domestic अन्तरआबद्धता शुल्क (Tariff) मा कमी आएको र OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. ७० करोडले कमी भएको । • Wireless सेवाको प्रयोगमा वृद्धि भएसँगै Wireline सेवाको प्रयोग घटेकोले राजस्वमा करिब रु. २१ करोडले कमी आएको। • CDMA सेवा GSM सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब रु. १२ करोडले कमी आएको ।गैर कार्य सञ्चालन आयमा भएको परिवर्तनः• बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानी करिब रु. ७७ करोडले वृद्धि भएको । • विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ३७ करोड Foreign exchange Gain भएको। •कम्पनीको लेखा नीति तथा IFRS/NFRS बमोजिम Impairment तथा Finance Cost मा गत आ.व.मा भन्दा कमी आएको। 

सम्बन्धित सामग्री

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ?

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा टेलिकमको खुद नाफा २ करोड ३३ लाख ७१ हजार रूपैयाँले घटेको हो ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमले  ५ अर्ब ४१ करोड ७४ हजार खुद मुनाफा आर्जन गरेको छ । जब की गएको आर्थिक वर्षको चैतसम्म टेलिकमले ५ अर्ब...

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।गत आवको अन्त्यसम्ममा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ […]

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भए पनि खर्चमा भने वृद्धि […]

नेपाल टेलिकमको नाफा ४४ करोडले घट्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नेपाल टेलिकमको नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ ।कोभिड –१९ महामारीको प्रभाव र अनलाइन प्रविधिको बढ्दो प्रयोग लगायत कारणले नाफामा कमी आएको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि (२०७७ चैत मसान्तसम्म) मा कम्पनीले कुल ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार […]

तृतीय त्रैमासिकमा ४५ करोडले घट्यो नेपाल टेलिकमको खूद नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को तृतीय त्रैमासिकमा नेपाल टेलिकमको खूद नाफा करिब ४५ करोड रुपैयाँले घटेको छ । टेलिकमका नयाँ प्रवन्ध निर्देशकको पदबाहालीपछि सार्वजनिक भएको पहिलो वित्तिय विवरणमा टेलिकमको खूद नाफा घटेको पाइएको हो ।  गत आर्थिक वर्षको तृतीय त्रैमासिकमा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ रहेको टेलिकमको खूद नाफा चालू आर्थिक वर्षमा ४४ करोड ९१ लख २५ हजार...

कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो ।गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।कोभिड महामारीको तेस्रो लहर र ओभर द टप (ओटीटी)को बढ्दो प्रयोगले अन्त

१८ प्रतिशतले बढ्यो टेलिकमको खुद नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना पुस मसान्त सम्ममा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा साढे १८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ थियो । जुन, यो वर्षको ६ महिनामा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले बढेर तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ रहेको सञ्चालन आय यो वर्ष

टेलिकमको नाफा ७४ करोडले बढ्यो

काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो […]

नेपाल टेलिकमको नाफा दुई अर्ब घट्यो

नेपाल टेलिकमको ष्यस वर्षको नाफा दुई अर्ब रूपैयाँ घटेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा खुद मुनाफा दुई अर्ब २९ करोड ४८ लाख ७१ हजार रूपैयाँ कम भएको टलिकमले जनाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुुसार आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अवधिमा खुद मुनाफा नौ अर्ब ७४ करोड ८९ […]