स्वास्थ्य बीमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लले भने, अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले यस्तो नगर्न अस्पताललाई अनुरोध गरिएको हो। बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी […]
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। आसन्न निर्वाचनको तयारी र जिल्लाको समग्र अवस्था बुझ्न आज मन्त्री अर्याल काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका थिए। उनले निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्ने अवधारणा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई […]
कर्णाली प्रदेशका १० जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए अनुसार प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ६५१ केन्द्र संवेदनशील र ३०१ केन्द्र सामान्य सूचीमा राखिएका छन्। उनले भने, निर्वाचनको क्रममा सुरक्षाको व्यवस्थाका लागि […]
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँको तुलनामा १७ प्रतिशतले बढी हो। नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार, सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा […]
न्यूयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्टले आइतबारका लागि अत्यधिक चिसो तापक्रम, तीव्र हावा र हल्का हिउँ पर्ने सम्भावना रहेको चेतावनी जारी गरेको छ। पूर्वानुमानअनुसार यस्ता मौसमी अवस्थाले सहरभरि यात्रामा जोखिम र चिप्लोपन निम्त्याउन सक्छ। गत आइतबारको हिउँ सफा गर्न संघर्ष भइरहेको समयमा यो नयाँ चेतावनी आएको हो। सहरका अधिकारीहरूले तटीय न्यूनचापीय प्रणाली न्यूयोर्क क्षेत्र नजिकैबाट गुज्रने सम्भावना […]
काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच विकेटको घातक बलिङमा भारतले न्युजिल्यान्डलाई पाँचौं टी–२० अन्तर्राष्ट्रिय खेलमा ४६ रनले पराजित गरेको छ। शनिबार तिरुवन्थपुरममा भएको हाइ–स्कोरिङ भिडन्तमा भारतले २७१ रनको विशाल योगफल खडा गर्दै श्रृंखलाको अन्तिम खेललाई रोमाञ्चक बनाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा २७१ रन […]