काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश ढङ्गले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने बताउनुभएकाे छ ।नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मङ्गलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले देशमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुदायसँग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘यसबीचमा हाम्रो अलग–अलग सबैसँग क...