संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् । विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।