गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन कायमै रहने बताएका छन् । गृहजिल्ला रुपन्देही आएका मन्त्री खांँणले तिलोत्तमास्थित आफ्नै निवासमै बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन कुनै हालत नटुट्ने बताए । अहिलेको सरकार गठबन्धनबाट नै निर्माण भएको बताउँदै काँग्रेस गठबन्धनकै पक्षमा रहने स्पष्ट पारे ।उनले गठबन्धन दलहरूसँग सहमति, सहकार्य र सहयात्रा हुने भन्दै त्यसमा सवै प्रतिबद्ध रहेको समेत बताए । गृहमन्त्री खाँणले निर्वाचनका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको बताए । उनले भन