काठमाडौं, कात्तिक १४ । नेपाल बार एशोशिएशनले इजलासमा नबस्न दिएको दवाब विपरित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एकल इजलास चलाउनुभएको छ । राणाको एकल इजलासले सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमा नै फर्काउन अन्तरिम आदेश गरेको छ । इजलासले नेपाली सेनाको कर्मचारीमाथि लागेको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौँडा […]