सर्वोच्च अदालतमा विहीबार ढिला गरी पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित रहेको र कामु प्रधानन्यायाधीश नतोकिएको अवस्थामा के गर्ने भन्ने अन्योलका बीच गोलाप्रथा विधिबाट बिहीवार १० वटा इजलास गठन भएको हो ।
वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीका लागि एकल इजलास गठन गरिएको छ भने अन्य इजलासहरू पूर्ण र संयुक्त छन् ।
नेपाल बार एसोसिएसन र सर्वोच्च बारले कामु प्रधानन्यायाधीश नतोकिँदासम्म इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गर्दै आएका छन् ।
तर न्यायाधीशहरूले आजका लागि बन्दी प्रत्यक्षीकरणका म...